२३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूला आयोजनामा लगानी गर्न सक्षम रहेको दावी गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण दशौं अर्वको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताएका हुन् ।
उनले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्व नाफा आर्जन गरेको बताए । भविष्यमा प्राधिकरणको नाफा थप बढेर जाने उनको दावी छ ।
शनिबार काठमाडौंमा भएको नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभामा प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले संचालन गरेको आयोजनाका काममा ढिलाई हुनुको कारण खोजी गरेर अघि बढ्ने बताए ।
गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4