+
+

‘पत्रकारिता र मेडिकल क्षेत्रमा सरकार तानाशाह बन्यो’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २६ गते १६:३४

२६ भदौ, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाएको बताएका हुन् ।

‘गुल्मीबाट धेरै मन्त्री भएकाले मेडिकल क्षेत्र र पत्रकारिता क्षेत्रलाई छुन हुन्न भन्नूस्,’ भण्डारीले पत्रकारलाई भने, ‘मिडियाले सही सत्य तथ्य भूमिका खेले जीवनमा प्रचार गर्न नसकेका कुराहरु बाहिर ल्याउन सकिन्छ ।’

सरकारप्रति खनिएका नेता भण्डारीले पत्रकारमार्फत सरकारका मन्त्रीहरुलाई भने, ‘तपाईंहरुले भन्दिनुस् लेख्निुस् चन्द्र भण्डारीले गुल्मीको कार्यक्रममा चुनौति दियो हामीहरुको पालामा ल्याएको वजेट पाँच वर्षसम्म ल्याउनु हुन्छ भने रिडीमा म फूलमाला लगाउन उभिन्छु भनेर चुनौति दिए भन्नुस् ।’

नेता भण्डारीले कांग्रेसको सरकारको पालाको जति वजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिने भन्दै व्यङग्य समेत गरे ।

गुल्मी सदरमुकाम तम्घासमा सुरु भएको युनियनको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?