पत्रकार महासंघको नेतृत्व र सञ्चार जगतको एउटा सदस्यको हैसियतमा १८ वर्षअघि हामी सडकमा निस्किएका थियौं । तत्कालको सपना, माग, एजेन्डा जे भने पनि प्रेस स्वतन्त्रताको पुनर्बहाली नै थियो । राजाले नागरिक अधिकार छिनेर लिएका थिए । मौलिक अधिकारहरू निलम्बनमा परेका थिए । मानिसहरूले स्वतन्त्रतापूर्वक केही पनि गर्न पाउँदैनथे । नागरिकको विवेक नै नियन्त्रणमा परेको अवस्था थियो ।
पत्रकार महासंघको तर्फबाट हेर्दा प्रेसमाथिको कुनै पनि अंकुश, नियन्त्रण, अवरोधहरू नरहोस् भन्ने प्रमुख माग थियो । तर त्यति मात्रै भन्दा सबै कुरा पूरा हुने अवस्था थिएन । सँगसँगै राजनीतिक स्वतन्त्रता आवश्यक थियो । यो नहुँदा बाँकी मौलिक अधिकार, नागरिक अधिकार, पेशागत स्वतन्त्रताहरू पुनर्बहाली हुन्छन् भन्ने कुरा सम्भव नै थिएन । त्यसको लागि त सुरुमा राजनीतिक अधिकार चाहिने रहेछ । राजनीतिक दलहरू पनि स्वतन्त्र हुनुपर्ने रहेछ ।
जनआन्दोलनमा आएका राजनीतिक शक्तिहरूसँग हामी सँगसँगै भयौं । उनीहरूले पनि हाम्रो एजेन्डालाई समर्थन जनाए । पत्रकारहरूले उठाएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पुनर्बहालीको मुद्दा हाम्रो पनि सरोकारको विषय हो भनेका थिए उनीहरूले ।
हामीले राजनीतिक र विचारको स्वतन्त्रता नागरिकको जन्मसिद्ध अधिकार हो । त्यसैले दलहरूले उठाएको विषय पनि हाम्रो सरोकारको विषय हो भन्यौं । यसरी हामी आन्दोलनमा सँगसँगै भयौं । त्यस्तो आवाज उठाइरहँदा देशभित्रको निरंकुशता पक्षधर र
Comments