२६, भदौ, चितवन । गएराति साढे १ बजेदेखि पहिरो आएर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालका अनुसार साँझ साढे ६ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ठूलो पहिरो आएर अवरुद्ध बनेको चारकिलोमा दिनभरको प्रयासबाट पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए । सडकमा अत्याधिक सवारी चाप भएको कारणले सहज सञ्चालन हुन अझै केही समय लाग्ने ढकालले जानकारी दिए ।
प्रहरीले मुग्लिनबाट नारायणगढ जाने र नारायणगढबाट मुग्लिनतर्फ जाने गाडीलाई पालैपालो पास गराइरहेको छ । साना सवारीसाधन र बसलाई प्राथमिकतामा राखेर पास गराउने तयारी गरिएको डिएसपी ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4