३१ भदौ, काठमाडौं । सञ्चारिका समूहले चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । आइतबार २२ औं साधारणसभाको अवसरमा सञ्चारिकाले पत्रकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा अनलाइनखबरकर्मी सन्त गाहामगरलाई ‘सञ्चारिका समानता पुरस्कार २०७४’ ले सम्मान गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ छ ।
कार्यक्रममा कान्तिपुर दैनिककी शिल्पा कर्ण र देशसञ्चार अनलाइनकी वर्षा शाहलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७४ भने अन्नपूर्ण पोष्टकी अछाम सम्वाददाता गीता कुँवरलाई प्रदान गरिएको सञ्चारिका समूहले जनाएको छ । उमा सिंह पत्रकारिता पुरस्कारको राशी ७ हजार एक सय ११ रुपैयाँ छ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पत्रकारहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4