+
+

नेपाली सेनाले भन्यो : फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै उपयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १५ गते १:३०

१४ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएको छ ।

पूरातात्विक सम्पदा क्वदेश, श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो । जनप्रतिनिधिले समेत स्थानीयबासीको मागलाई समर्थन गर्दै फर्सिडोललाई प्रस्थान विन्दूका रुपमा अघि सारेका थिए ।

तर, सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव नहुने बताएको छ ।

शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँडले फर्सीडोलमा प्रवेश विन्दू बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोड निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने बताए ।

निर्माणाधीन सुख्खा बन्दरगाह पनि खोकनाबाट नजिक पर्ने भन्दै सेनाले फर्सीडोलमा प्रस्थान विन्दू बनाउँदा थप कनेक्टिभिटीको निर्माण कार्य गर्नुपर्ने बताएको छ । सेनाले भनेको छ, ‘द्रतमार्गको सारभूत पक्ष खण्डित हुने गरी प्रस्थान विन्दुबाट मध्यशहरसम्म आउन बढी समय लाग्नेछ ।’

द्रुतमार्गको सारभूत पक्ष भनेको राजधानीबाट उक घन्टामा तराई पुग्नु भएको र यो खोकना हुँदा सम्भव हुने उसले बताएको छ ।

फास्टट्रयाक निर्माणको जिम्मा पाएको सेनाका अनुसार खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुनेछ । तर, फर्सिडोलमा पुरै प्रक्रिया फेरि सुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्नेछ ।

फर्सिडोललाई बनाउँदा नयाँ रेखांकन स्वीकृत गर्नुपर्ने भन्दै नेपाली सेनाले अहिलेकै अवस्थामा फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई आग्रह गरेको छ ।

खोकना क्षेत्रमा द्रुतमार्ग निर्माणसम्बन्धी क्रियाकलाप नियमसंगत रहेको भन्दै उसले भनेको छ, ‘जिरो किमी खोकनादेखि ५.७ किमी खोकना बुङ्मतीको सिमानासम्म सडक निर्माण कार्य गर्न उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक तहबाट सहमतिको लागि थप पहल गर्नु अत्यावश्यक देखिन्छ ।’

हेर्नुहोस् नेपाली सेनाले विकास समितिमा दिएको प्रस्तुति

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?