+
+

आयाम आर्टवर्कले कविता वाचन–श्रवण कार्यक्रम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २२ गते १७:४९

२२ माघ, काठमाडौं । साहित्यको काव्य विधामा नयाँ प्रविधिको प्रयोग गर्दै आएको आयाम आर्टवर्कले कविता वाचन–श्रवण कार्यक्रम आयोजना गर्ने भएको छ ।

युवा कविहरुले वाचन गरेको कवितालाई श्रव्यदृश्य रुपमा युट्युबमार्फत सार्वजनिक गर्दै आएको आयामले पहिलोपटक प्रत्यक्ष कविता भन्ने कार्यक्रम गर्न लागेको हो ।

१७ जना युवा कविलाई प्रत्यक्ष सुन्न पाउँदा नयाँ पुस्ताको काव्यचेत र समाज हेर्ने उनीहरुको दृष्टिकोण बुझ्न पाइने आयाम आर्टवर्कले जनाएको छ ।

कविता श्रवण कार्यक्रम आउँदो फागुन ४ गते काठमाडौं मित्रपार्कमा रहेको १०९ डिग्री रेस्टुरेन्टमा गरिने आयामले जनाएको छ । यस्ता कार्यक्रमले नेपाली भाषा र साहित्यमा नयाँ आयाम ल्याउन सकिने हुँदा आफूहरु अग्रसर भएको आयाम आर्टवर्क सञ्चालक मध्येका एक मिलन लोहनीले सुनाए ।

कार्यक्रममा सहभागी दर्शकका लागि ५० रुपैयाँको टिकट शुल्क राखिएको पनि उनले बताए । ‘सहभागीको उपस्थिति बुझ्न र नयाँ पुस्तामा कविता सुन्ने संस्कार विकास गर्न सामान्य टिकट शुल्क राखेका हौं’ उनले भने ।

६५ जना युवा कविका १ सय ११ कविता युट्युवमार्फत सार्वजनिक गरिसकेका उनले पछिल्लो समय इन्टरनेट श्रव्य दृश्य सामग्रीको प्रयोग बढ्दै गएकाले आफूहरुले त्यसलाई साहित्यमा जोडेको बताए ।

‘वाह ! बोस क्या कविता भन्नुभो’ स्लोगनसहित कार्यक्रमको तयारी गरेको आयामले युट्युवमार्फत नै झण्डै एक मिनेटको प्रचार सामग्री पनि बनाएको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?