
विश्वको इतिहासमा राजा महाराजा, रानी तथा राजकुमारी हरुका बारेमा विभिन्न रोचक कथाहरु सुन्न पाइन्छ ।
इरानकी एकजना राजकुमारीको कथा भने अरुभन्दा फरक छ । निकै कुरुप जिउडाल भएतापनि त्यसबेलाको समयमा सुन्दरताको प्रतिक बनेकी ती राजकुमारीले वास्तवमा सुन्दरताको परिभाषा नै बदलिदिएकी थिइन् ।
ती राजकुमारी कत्तिपनि आकर्षक थिइनन् । तर, उनलाई पाउनका लागि तन्नेरीहरु जुन हदसम्म पनि जान तयार हुन्थे ।
तत्कालीन इरानका कजर वंशका राजाकी छोरी जहरा खानम तदज एस सल्टानेहको जन्म सन् १८८३ मा भएको थियो । उनको जीउ गोरो थियो तर निकै भद्दा । तर, राजकुमारी हुनु, निकै धनी हुनु र त्यसबेला देशमै सबैभन्दा धेरै पढेकी महिला हुनु उनका थप परिचय थिए । जसका कारण उनी सबैको रोजाइमा परिन् ।
इतिहास अनुसार ती राजकुमारी प्रति युवकहरुको आशक्ति थियो । उनलाई बिहे गर्नका लागि १ सय ४५ जना युवकले प्रस्ताव गरे । तर, उनलाई पाउन सजिलो थिएन । राजकुमारीलाई आफ्नो बनाउन नपाएको झोँकमा १३ जना युवाले त आत्महत्या नै गरे ।
अन्ततः जहराले आफ्ना प्रेमी समेत रहेका फारसी राजा नासिर अल दीन शाह कजरसँग बिहे गरिन् र ४ सन्तान पनि जन्माइन् ।
रोचक त के भने राजकुमारीले बिहे गरेका ती फारसी राजाका ८४ जना श्रीमती थिए । तर राजाले सबैभन्दा धेरै माया उनलाई नै गर्दथे ।
एकपटक एकजना व्यापारीले ती राजालाई देशका मानिसले किन मोटा महिलाहरु मन पराउँछन् ? भनेर सोधेछन् । त्यसको जवाफमा राजाले भनेछन् : हामी मासु पसलमा मासु किन्न जाँदा हड्डी मनपार्छौँ कि मासु ?
यी राजकुमारीले तत्कालीन समयमा महिला अधिकारका लागि समेत संघर्ष गरेकी थिइन् । उनले सोसाइटी अफ वुमेन फ्रिडम नामक संस्था नै खोलेकी थिइन् ।
सुन्दरताको परिभाषा नै बदल्ने ती राजकुमारीको सन् १९३६ मा मृत्यु भयो । एजेन्सी
प्रतिक्रिया 4