+
+

भीरमा लागेको आगो बस्तीमा सल्किँदा पाँचथरमा ६ घर नष्ट

रासस रासस
२०७५ चैत ३ गते ९:३०
Photo Credit : प्रतीकात्मक तस्वीर

३ चैत, पाँचथर । जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ स्थित डाँडेको रमिते भन्ने भीरमा लागेको आगो गाउँमा फैलिँदा ६ घर घर जलेर नष्ट भएका छन् ।

गएराति लागेको आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा, वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको हो ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले जानकारी दिए । आगलागीका कारण के कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।

जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन ।

अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको पालुङवाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?