+
+

महोत्तरीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते ८:११

पूर्व–पश्चिम् राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–५ मा गएराति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।

ज १२ प १६४९ नम्बरको मोटरसाइकल उखु लोड गरिएको ज १ त ४७३३ नम्बरको ट्याक्टरमा ठोक्किएर भएको दुर्घटनामा मिथिला नगरपालिका–१०, धनुषाका मोटरसाइकल चालक २६ वर्षीय मनोज भट्टराईको ज्यान गएको हो । मृतक भट्टराई सर्लाहीको लालबन्दीका मोबाइल पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि गएराति नै काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहले जानकारी दिए ।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?