+
+

पश्चिम चितवनको उद्योग ग्राम बन्ने, भरतपुर महानगरपालिकाले डीपीआर बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १३:४४

११, चैत, चितवन । पश्चिम चितवनको पार्वतीपुरमा उद्योग ग्राम स्थापना हुने भएको छ ।

भरतपुर महानगरपालिका वडा नः २१ पार्वतीपुर गौचरनमा साना तथा मझौला उद्योग खोल्न उद्योग ग्राम स्थापना गरिने भएको हो । भरतपुर महानगरपालिकाको आफ्नै स्रोतबाट ग्राम स्थापना हुने मेयर रेनु दाहालले जानकारी दिइन् ।

महानगरपालिकाको स्वामित्वमा रहेको ५ बिघा १० कठ्ठामा सो उद्योग ग्राम निर्माण हुन लागेको हो । ग्रामको डीपीआर बनाउने तयारी भरतपुर महानगरपालिकाले थालेको छ ।

उद्योगग्राम निर्माणस्थलको महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, भरतपुर–२१ का वडा अध्यक्ष चित्रसेन अधिकारीलगायत उद्योगी, व्यवसायी र जनप्रतिनिधिसहितको प्रतिनिधिमण्डल निरीक्षण गरेका छन् ।

चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले महानगरपालिका र चितवन उद्योग संघ मिलेर संयुक्तरुपमा मिलेर सो उद्योग ग्राम बनाउन लागेको जानकारी दिए ।

सरकारले हरेक स्थानीय तहको प्रत्येक वडा वडामा उद्योग ग्राम बनाउन निर्देशन गरे बमोजिम त्यस क्षेत्रमा उद्योग ग्राम बनाउन लागिएको उनले बताए । सबै उद्योगलाई एउटै क्षेत्रमा राख्दा सरकारले दिने सेवासुविधा पुर्‍याउन सजिलो हुने पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?