
१३ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र विभागीय टिम एपीएफ क्लबले जित हात पारेका छन् ।
बुधबार भएको खेलमा न्यु डायमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमण्डले जावलाखेलमाथि सहज जित हात पारेको हो ।
त्यस्तै, आजै भएको खेलमा आयोजक एपीएफ क्लबले ढोरपाटन ट्रेनिङ सेन्टरमाथि सहज जित निकालेको छ । एपीएफले ढोरपाटनलाई २५–१, २५–१० र २५–२ को सेटमा पराजित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4