Comments Add Comment

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न सडकमै प्रशिक्षण

१४ चैत,गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक-फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

ट्राफिकले पछिल्लो समय सडकमै चालक, सहचालक, यात्रुहरु र स्थानीयलाई समेत राखेर दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिदै आएको छ ।

सडक प्रशिक्षण कार्यक्रम प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिदै बिहीबार रेसुङ्गा नगरपालिका-४ स्थित सेउघामा सडकमै चालक, सहचालक, यात्रुहरु र स्थानीयलाई समेत राखेर दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेले बताए ।

‘ट्राफिक नियम जनौ र मानौ, आफू पनि बाँचौ, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रमहरु गर्दैै आएको प्रहरी नायव निरीक्षक काफ्लेले बताए ।

सडक प्रशिक्षणअन्तर्गत तम्घासबाट ग्रामीण बस्तीहरुमा चल्ने जीप, बस, ट्याक्टर, मोटरसाइकललगायतका सवारीसाधनका चालकहरु, सहचालकहरु, यात्रुहरु र स्थानीयहरुलाई समेत राखेर ट्राफिक नियम, यात्रा गर्दा अपनाउनु पर्ने सावधानी जस्ता बिषयहरुमा प्रशिक्षण दिइएको नायव निरीक्षक काफ्लेले बताए ।

सबै पक्षलाई यात्रा गर्दा जिम्मेवार बनाएर दुर्घटना न्यूनिकरण गर्नको लागि सडकमै प्रशिक्षण दिदै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

प्रशिक्षणमा ट्राफिक नियम ट्राफिक प्रहरीलाई मात्रै नभइ सुरक्षित यात्रा गर्नको निम्ति भएकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण राखिएको थियो ।

दुर्घटना न्यूनिकरण गर्न चालकदेखि यात्रुहरु पनि जिम्मेवार बने त्यसलाई रोक्नको निम्ति मद्दत पुग्ने भन्दै सडक प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्दै आएको हो ।

ट्राफिक कार्यालय गुल्मीले विद्यार्थीलाई पनि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुरक्षित चालक बनाउन पटक-पटक कक्षाहरु सञ्ञ्चालन गर्दै आएको छ ।

दुर्घटना न्यूनिकरण गर्नको लागि सवारी धनी व्यवसायीक चालक तथा सहचालकलाई कक्षा, सर्बसाधरणलाई पर्चा पम पिलेट स्थानिय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गर्दै आएको ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment