
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिएका छन् । उनले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न निर्देशन दिएका हुन ।
सामाजिक सञ्जाल ट्विटमा देउवाले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’
पूर्व प्रधानमन्त्री देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गईसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4