
२७ चैत, काठमाडौं । नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलवार राति भारतको चेन्नइमा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा काका हुलासचन्द्र गोल्छालाई उनले नै प्रेरित गरेका थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।
हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउछ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4