
Photo Credit : प्रतीकात्मक तस्वीर
१४ वैशाख, काभ्रे । घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा काभ्रेमा १ जनाको ज्यान गएको छ ।
बनेपा–७ मा शुक्रबार राति घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।
नेपाल प्रहरीका डीएसपी दीपकुमार गिरीले बनेपा–७, धनेश्वरका रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर लागेको करेन्टबाट तामाङको मृत्यु भएको जानकारी दिए ।
मृतक तामाङको शव अहिले पोस्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4