+
+

एनआईसी एशिया बैंकको नगद फिर्ता तथा छुट योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते २०:०७

१८ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकले राष्ट्रिय सूचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा नगद फिर्ता तथा छुट अफर सार्वजनिक गरेको छ।

उक्त योजनामा बैंकका ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोÞबाइल बैंकिङ मार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा बढीमा १ हजार सम्मको नगद फिर्ता तथा छुट प्राप्त गर्न सकिने छ।

बैंकका अनुसार दराजमा अनलाइन कार्डबाट झुक्तानी गर्दा, खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टमबाट झुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम १ हजार रुपैयाँ सम्मको नगद फिर्ता पाउन सकिने छ।

साथै पियोएसबाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम ५०० रुपैयाँ सम्मको नगद फिर्ता पाउन सकिने छ।

बैंकको माÞेबाल कैंकिङबाट नमस्ते तथा एनसिएलको रिर्चाज टप अपगर्दा १० प्रतिशत वा उच्चतम १०० सम्मको क्यास ब्याकका योजना रहेको जनाएको छ।

योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९ गते मात्र लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?