+
+

गुठीबारे सिंहदरबारमा माधव नेपालको बेग्लै परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १५:३९

२ असार, काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकबारे सांसदरुसँग करिब डेढ घण्टा छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठीक दुईघण्टा पहिले माधव नेपालले बेग्लै छलफल गरेका हुन् । नेता नेपाल र सांसदहरुवीच सोमबार दिउँसो १ बजेदेखि करिब डेढ घण्टा छलफल भएको थियो ।

छलफलमा सहभागीहरुले गुठी विधेयक फिर्ता लिन नेता नेपालसमक्ष माग गरेको छलफलमा सहभागी नेकपाका एक केन्द्रीय नेताले अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे छलफलका लागि गुठीसँग सरोकार राख्ने व्यक्ति एवं काठमाडौंका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?