Comments Add Comment

छोरी, पैसा कमाउन र सफल हुन मात्र सबथोक होइन

आमाबुवाले आफ्ना बच्चालाई स्यहारसुसार गर्छन् । पालनपोषण गर्छन् । शिक्षादिक्षा दिन्छन् । उनलाई संसारको असल कुरा स्विकार्न र खराबबिरुद्ध लड्नका लागि ताकत दिन्छ । यदि तपाईं एउटी छोरीका पिता हुनुहुन्छ भने यावत् काम तपाईंले कोमलताका साथ गर्नुपर्छ ।

हाम्रो समाजमा यौन हिंसा दिनहुँ बढ्दो छ । यौन हिंसाको कुरुप तस्वीर देखेर डर लाग्छ । यसले हामीमा क्रोध पनि पैदा गर्छ । समाजमा जति जति यौन हिंसा बढ्दो छ, त्यस अनुरुप न्यायलय तंगि्रएको छैन । पीडितले न्याय पाउन सकिरहेका छैनन् । वा त्यो क्रम सुस्त छ । यसले पनि हामीलाई बेचैनी बनाएको छ ।

अहिले यौन हिंसाको घटना जुन रुपमा बढिरहेको देखिन्छ, वास्तवमा त्यो बर्षौदेखि कायम थियो । तर, धेरैले यस्ता अत्याचार चुपचाप सहेर बसेका थिए । अहिले महिलाहरु आफुमाथि भएको हिंसा बिरुद्ध आवाज उठाउन थालेका छन् । प्रतिकार गर्न थालेका छन् । उनीहरुमा यस्तो कुकृत्य बिरुद्ध बोल्ने आत्माविश्वास बढेको छ ।

कडा कानुनी प्रावधान

त्यसो त महिलाप्रति पुरुषमा जुन किसिमको वासनाको भावना हुन्छ, त्यो पनि विगतदेखि नै कायम थियो । अहिले भने यसलाई बस्तुको रुपमा हेर्ने चलन बढेको छ । मलाई यस्तो लाग्दैन कि, यौन हिंसा पूर्णत बन्द हुन्छ । वा समाज यौन हिंसाबाट पूर्ण रुपमा मुक्त हुन्छ । किनभने यो एक मानविय प्रवृत्ति हो । यद्यपी यसलाई नियन्त्रण गर्ने केही विधी भने आवश्य छ ।

एक त कडा र प्रभावकारी कानुनी व्यवस्था । कडा भन्दा कडा कानुनी व्यवस्था पहिलो आवश्यक्ता हो । त्यससँगै बच्चाहरु अरु बढी सर्तक र होसियार हुन जरुरी छ । उनीहरुलाई यससम्बन्धमा शिक्षा दिनुपर्ने आवश्यक्ता छ । शिक्षासँगै समझदार पनि बनाउनुपर्छ । उनीहरुलाई सुरुदेखि नै सही के हो ? गलत के हो भन्ने कुरा सिकाउनुपर्छ ।

बच्चालाई आत्मरक्षाको तालिम दिनुहोस्

म अभिभावकलाई के आग्रह गर्छु भने तपाईंले आफ्ना बच्चालाई आत्मरक्षाको तरिका सिकाइदिनुहोस् । किनभने तपाईं समाज र प्रणालीलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर तपाईंको सामथ्र्य के हो वा तपाईंको हातमा जे छ, त्यो त गर्न सक्नुहुन्छ ।

छोरीहरु आज असुरक्षित छन् । छोरीलाई सर्तक र सावधान रहन सिकाउनुपर्छ । उनीहरुलाई आत्मरक्षाको विधी सिकाउनु जरुरी छ । तर, यौन हिंसाका अधिकांश घटनामा पीडक भनेका पुरुष हुन् । यसकारण आफ्ना छोरालाई सही संस्कार दिनु सबैभन्दा प्रमुख कुरा हो ।

छोरालाई सही संस्कार दिनुहोस्

छोरालाई सानैदेखि महिलाको सम्मान गर्न सिकाउनुपर्छ । महिला अरु कसैकी छोरी हुन् । दिदी बहिनी हुन् । आमा हुन् भन्ने कुरा उनीहरुलाई बोध गराउनुपर्छ ।

यौन हिंसा नियन्त्रण नहुनुमा हाम्रो राज्य अझ भनौ नेता, मन्त्री र राजनीतिक दल पनि एउटा कारण हो । उनीहरुले आरोपी, अपराधीलाई बचाउन भएन । संरक्षण दिन भएन । त्यस्ता घटनामा राजनीति मिसाउनु भएन ।

सकारात्मक माहौल बनाउनमा पिताको ठूलो भूमिका छ । सबैभन्दा पहिला त घरको माहौल खुसी र स्वस्थ्य राखौ ।

पिताले आफ्ना श्रीमतीलाई आदर, सम्मान गर्नुपर्छ । घरमा महिलालाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्छ । किनभने हुर्कदै गरेको बच्चाले तपाईंको व्यवहार र घरको संस्कारबाट नै धेरै कुरा सिक्ने हो ।

छोरीले सोधिन, बलात्कार के हो ?

मेरी छोरी आठ बर्षकी थिइन्, त्यसबेला मैले उनले सोधें कि बलात्कार के हो ?’ हामीले उनको जिज्ञासा यसरी शान्त बनायौं, ‘एक व्यक्तिले जब एक अपरिचित, अनजान महिलालाई शारीरिक रुपले, गलत ढंगले छुन्छ त्यसलाई बलात्कार भनिन्छ ।’

म र मेरी पत्नीले निर्णय गर्‍यौं कि, छोरीको प्रश्नको जवाफ आवश्य दिनुपर्छ चाहे त्यो असहज बनाउने किन नहोस् ।

पैसा र सफलता भन्दा जरुरी कुरा

म आफ्नी छोरीलाई भन्ने गर्छु कि, जिन्दगीमा केवल पैसा कमाउनु वा सफल हुन मात्र जरुरी छैन । जरुरी छ कि तिमी खुसी हुनु । दोस्रो कुरा यो हो कि, केवल किताबी ज्ञान जरुरी छैन । सबैभन्दा महत्वपूर्ण त के भने तिमीसँग व्यवहारिक एवं प्रयोगात्मक ज्ञान कति छ ।

तिमीले आफ्नो साथी धेरै सोच विचार गरेर मात्र बनाउनु । खुब घुमफिर गर्नु । किनभने यात्रा एवं भ्रमणले हामीलाई जीवनमा धेरै उपयोगी कुरा सिकाउँछ । खुसी पनि तुल्याउँछ । मेरी छोरी अहिले १० बर्षकी भइन्, तर, उनले १५ वटा मुलुक घुमफिर गरिसकेकी छिन् ।

पितादेखि पितासम्म

छोरीसँग मेरो सम्बन्ध पिता र छोरी भन्दा पनि साथीको जस्तो छ । हामी दुबै एकसाथ खुब मस्ती गर्छौ । खेल्छौ, रमाउँछौ । यद्यपी हामीवीच केही मर्यादा र दुरी आवश्य छ । हामी पिता र पुत्रीको सम्बन्धलाई सम्मान पनि गर्छौ । मेरो पिता र ममा केवल यही कुरा भिन्न छ कि मेरा पिता केवल मेरा पिता थिए । हामीले एकसाथ कहिल्यै मस्ती गरेनौ । एकअर्कासँग कहिल्यै अंकमाल गरेनौ । हामीले एकअर्काको प्रेम, लगावलाई कहिल्यै खुलेर व्यक्त गरेनौ । यसको अर्थ यो होइन कि हामी एकअर्कासँग प्रेम गदैनथ्यौ । प्रेम गथ्र्यौ । आदर गथ्र्यौ । त्यो जमना त्यस्तै थियो । तर, अहिले जमना फेरिएको छ ।

(भारतिय योग शिक्षक एवं अभिनेता बिजय आनन्दले फेमिनामा अभिव्यक्त गरेका आलेखको भावनुवाद हो यो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment