+
+

आँचलको तर्क–‘जस्तो हल्ला होस् तर हराउन हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १४:१०

नायिका आँचल शर्मा ‘दाल भात तरकारी’ले ५१ दिन मनाएकोमा खुशी छिन् । यो चलचित्रबाट उनलाई खासै फाइदा भएन । किनकी, उनको फितलो भूमिका र कमजोर अभिनयका कारणले दर्शक आँचलबाट सन्तुष्ट भएनन् । आँचलले अहिले यो प्रश्नको सामना गरिरहनुपरेको छ । तर, आँचल यो चलचित्र खेलेर आफूलाई फाइदा भएको जिकिर गर्न छाड्दिनन् ।

आँचल भन्छिन्–‘मलाई त फाइदा नै भैरहेको छ । पहिलो दिनदेखि नै मेरो नाम मिडियामा आइरहेको छ । मेरो नाम गुञ्जिरहेको छ । यसैले फाइदा भएको छ ।’ आँचलले अगाडि तर्क गरिन्–‘चाहे सकारात्मक होस्, चाहे नकारात्मक होस् तर हराउन हुँदैन ।’

आँचल अहिले दर्शकले जस्तो प्रतिक्रिया दिएपनि आफ्नो नाम आएकोमा खुशी देखिएकी छिन् । तर, उनको यो सोचले उनलाई लामो रेशको घोडा बन्न गाह्रो भने गाह्रो हुने देखिन्छ । नायिका शर्माले काम गर्ने भनिएको नयाँ चलचित्र ‘डामाडोल’ बन्ने नबन्ने निश्चित छैन । यसैले, आँचलले अब आफूलाई शक्तिशाली देखिने भूमिका रोज्न आवश्यक देखिन्छ । होइन भने, उनी जसरी पनि नाम आउने हो भन्ने सोचमा लागिन् भने उनको यो सोच केही बर्षमै हानिकारक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?