
१२ असार, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सर्वाधिक छिटो २० हजार रनको कीर्तिमान राखेका छन् ।
विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्धको खेलमा उनले ३७ रन बनाएसँगै सर्वाधिक छिटो २० हजार रनको कीर्तिमान राखेका हुन् ।
कोहलीले ४१७ पारीमा २० हजार रन बनाएका हुन् । उनले यो रन १३१ टेष्ट, २२४ एकदिवसीय र ६२ टी–२० खेलको गरी पूरा गरेका हुन् । वेष्ट इन्डिजविरुद्धको खेलमा उनी ८२ बलमा ७२ रन बनाएर आउट भए ।
उनले भारतीय क्रिकेट टिमका पूर्व खेलाडी सचिन तेन्दुलकर र वेष्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लाराको कीर्तिमान तोड्न सफल भए । उनीहरुले ४ सय ५३ पारीमा २० हजार रन जोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4