+
+

२० वाणिज्य बैंकले भने– मर्जरका लागि तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते २०:४२

२६ असार, काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले मर्जरमा जान आफूहरु तयार रहेको बताएका छन् । सञ्चालनमा रहेका २८ ‘क’ वर्गका बैंकहरु मध्ये २० वटा बैंकहरुले नियमनकारी निकाय नेपाल राष्ट्र बैंक समक्ष लिखित रुपमै मर्जरका लागि तयार छौं भनेका हुन् ।

गत सोमबारसम्म १६ वटा वाणिज्य बैंकहरुले मर्जरका लागि केन्द्रीय बैंक समक्ष लिखित प्रतिवद्धता जनाएका थिए । मंगलबारसम्म आइपुग्दा १७ पुगेको यस्तो संख्या बुधबारसम्म २० पुगेको हो ।

मंगलबारसम्म १७ बेंकले लिखित प्रतिवद्धता बुझाएकोमा बुधबार थप ३ वटाले प्रतिवद्धता बुझाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

गत शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सम्झौता नै गरिसकेका छन् । २० बैंकले मर्जरका लागि तयार छौं भने पनि २ वटा बैंकहरुले मात्रै जोडी खोजेका छन् । बाँकी १८ वटा बैंकहरुले मर्जरका लागि तयार छौं मात्रै भनेको प्रवक्ता निरौलाले बताए ।

त्यसमध्ये पनि नेपाल बंगलादेश बैंकले आफ्नो विदेशी साझेदारसँग छलफल गर्नु पर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । यसले राष्ट्र बैंकको योजनालाई समर्थन गर्न ‘कर्मकाण्डी’ प्रतिवद्धता मात्रै गरिएको हो कि भन्ने संकेत गर्छ ।

कुन–कुन बैंकले बुझाए प्रतिवद्धता ?

१. सिभिल बैंक

२. मेगा बैंक नेपाल

३. सिटिजन्स बैंक इन्टरनेसनल

४. सेञ्चुरी बैंक

५. कुमारी बैंक

६. एनएमबि बैंक

७. सनराइज बैंक

८. लक्ष्मी बैंक

९. एनआइसी एशिया बैंक

१०. माछापुच्छ्रे बैंक

११. एनसीसी बैंक

१२. नेपाल एसबिआइ बैंक

१३. हिमालयन बैंक

१४. नेपाल इन्भेष्टमेन्ट बैंक

१५. सानिमा बैंक

१६. ग्लोबल आइएमई बैंक

१७. जनता बैंक नेपाल

१८. नेपाल बंगलादेश बैंक

१९. सिद्धार्थ बैंक

२०. स्टाण्डर्ड चार्टड बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?