Comments Add Comment

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना विरामी

Photo Credit : दीपक उपाध्याय

२८ असार, कैलाली । विषालु च्याउ खाँदा कैलालीमा एकै परिवारका पाँच जना विरामी परेका छन् । कैलालीको भजनी नगरपालिका ३, कनैयापुरका एकै परिवारका पाँचजना विरामी भएपछि भजनी अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार ३६ वर्षीया रतिदेवी चौधरी, ४० वर्षीय राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षीय राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी विरामी परेपछि अस्पताल भर्ना भएका हुन् ।

उनीहरु शुक्रबार राति अस्पताल भर्ना भएको डा. देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार अस्पताल भर्ना भएका उनीहरु खतरामुक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment