Comments Add Comment

कंगना भन्छिन्–‘दीपिका, कट्रिना र आलियाबाट प्रभावित छु’

आजबाट नायिका कंगना रनवातको मुख्य भूमिका रहेको चलचित्र ‘जजमेन्टल हे क्या’ रिलिज भएको छ । यो चलचित्रको प्रचारका क्रममा नायिका रनावतले आफ्ना समकालिन नायिकाहरुको विषयमा पनि बोलेकी छिन् । उनले नायिकाहरु दीपिका पादुकोण, कट्रिना कैफ र आलिया भट्टको विषयमा बोलेकी हुन् ।

कंगनाको अभिनयको धेरैले तारिफ गर्छन् । तर, एक नायिकाले उनलाई ‘कपी’ गरेको आरोप लगाएकी थिइन् । त्यस विषयमा बोल्दै कंगनाले भनिन्–‘खै कहाँबाट कपीको आरोप आयो । तर, दीपिका, कट्रिना र आलिया निकै राम्रो कलाकारहरु हुन् । उनीहरुको कपी भयो भन्नु त मेरो लागि फाइदाजनक कुरा नै हो ।’

कंगनाले आफू यी तीन नायिकाको भिन्न भिन्न कुराबाट प्रभावित भएको कुरालाई स्विकार गरेकी छिन् । उनले थपिन्–‘प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीले एक अर्कालाई प्रभावित गरिरहेका हुन्छौ । दीपिका पादुकोणको फिटनेस दिनचार्य, आलियाको सुन्दरता, कट्रिनाको आकर्षक व्यक्तित्वबाट जो कोही पनि प्रभावित भइरहेको हुन्छ । म पनि भएकी छु ।’

कंगना प्राय विवादित कुरा बोलेका कारण चर्चामा आउने गर्छिन् । तर, यो पटक भने उनले केही सकरात्मक कुरा बोलेकी छिन् । जसको प्रशंसा भैरहेको छ । कंगना अभिनित चलचित्र ‘जज मेन्टल हे क्या’ले समिक्षको राम्रो प्रशंसा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment