
बलिउडमा किङ खानले चिनिने नायक साहरुख खानले अहिले कुनै पनि चलचित्र साइन गरेका छैनन् । एउटा चलचित्र रिलिज नहुँदै, अर्को चलचित्र साइन गरेर बस्ने साहरुख यसपटक भने नयाँ चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् ।
चलचित्र ‘जिरो’को असफलताले उनलाई धक्का दिएको छ । यही कारणले नै उनी नयाँ चलचित्रमा काम गरिहाल्ने सोचमा छैनन् । उनले अहिले धमाधम स्क्रिप्ट पढ्ने काम मात्र गरिरहेका छन् । साहरुखले आफ्नो करिअरमा यति लामो समय ब्रेक लिएको सायद पहिलो पटक हुन सक्छ ।
हालै एक अन्तरवार्तामा साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको बताएका छन् । उनले भने–‘मैले कुनै पनि चलचित्र साइन गरेको छैन । नयाँ नयाँ स्क्रिप्ट पढेरै मेरा दिनहरु बितिरहेका छन् ।’
साहरुखले अहिलेसम्म आफूले राम्रो स्क्रिप्ट नपाएको पनि बताएका छन् । उनले, राम्रो कथा पाउने वित्तिकै चलचित्र सुरु गर्ने बताए । क्यामेराको अघि पर्न नपाउँदा आफूलाई असहज भएको उनको तर्क छ । साहरुखले आफूलाई एक्सन चलचित्रमा काम गर्न मन लागेको पनि सुनाएका छन् ।
प्रतिक्रिया 4