
५ भदौ, काठमाडौं । सन् २०२२ मा इंग्ल्यान्डमा आयोजना हुने कमनवेल्थ खेलकुदमा महिला क्रिकेटलाई समावेश गरिएको छ ।
कमनवेल्थ खेलकुद महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महिला क्रिकेटलाई समावेश गरिएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र इंग्ल्यान्ड र वेल्स विक्रकेट बोर्डले क्रिकेटलाई पनि समावेश गर्न कमनवेल्स खेलकुद महासंघलाई आग्रह गर्दै आएका थिए ।
योसँगै इतिहासमै पहिलो पटक महिला क्रिकेटलाई कमनवेल्थ खेलकुदमा समावेश गरिएको हो । यसअघि सन् १९९८ मा मलेसियामा भएको कमनवेल्थ गेम्समा पुरुष क्रिकेटलाई समावेश गरिएको थियो ।
टी–२० फर्म्याटमा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4