+
+

‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते २०:०५

२५ असोज, काठमाडौं । जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

‘हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा अर्यालले भने, ‘यहाँको राति ११ बजेसम्म कुनै पनि नेपाली हातहत भएको खबर छैन ।’ उनले आँधी प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको अवस्था बुझ्ने क्रम जारी रहेको पनि बताए ।

शक्तिशाली आँधीका कारण जापानमा बसोबास गर्नेहरु प्रभावित छन् । सन् १९५८ यताकै सबैभन्दा ठूलो भनिएको हगिबीस आँधीबाट राजधानी टोकियोसहित नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् । जापानमा करिब ९० हजार नेपाली रहेको दूतावासका अधिकारीहरु बताउँछन् ।

२१६ किलोमिटर प्रतिघन्टाको आँधीका कारण टोकियो शहरसहितका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् । अधिकार क्षेत्र जलमग्न छन् ।

झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसै आँधीका कारण टोकियोको पूर्वमा पर्ने चिबा भन्ने ठाउँमा मिनिट्रक दुर्घटना हुँदा ४९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?