+
+

विद्यालयमा बम विस्फोट गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १५:०८

२७ कात्तिक, काठमाडौं । बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी नगरपालिका-८ का ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय क्षितिज भनिने सुरेशकुमार राई र सोही ठाउँ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका-२ का ३५ वर्षीय सागर राई रहेका छन् ।

धरान उपमहानगरपालिका-१८ स्थिति पब्लिक स्कूलको गेटमा गत भदौ २० गते भएको विस्फोटमा संलग्न भएको आरोपमा उनीहरुलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?