+
+

बंगलादेशका राष्ट्रपति आज चन्द्रागिरि र पाटन घुमेर स्वदेश फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते ७:५४

२९ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदैछन् । स्वदेश फर्किनुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् ।

उनी शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका छ ।

सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए ।

बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न गए । उनले पोखराको फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरे । उनी पोखरामा करिब पाँच घण्टा बिताएर उनी बिहीबारै काठमाडौं फर्किएका थिए ।

राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । हमिद गत मंगलबार नेपाल आउँदा पनि राष्ट्रपति भण्डारीले नै स्वागत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?