+
+

बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १०:०८

२९ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् ।

उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।

नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?