+
+

अनलाइनखबरकर्मी शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १९:५७

७ पुस, बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार अनलाइनखबरकर्मी टोपराज शर्माले पाएका छन् ।

डिजिटल मिडियातर्फ अनलाइनखबरकर्मी शर्मा र छापातर्फ बुटवलको बुद्धभूमि साप्ताहिकका सम्पादक एनबी कंडेलले उक्त पुरस्कार पाएका हुन् ।

विद्यालयमा स्थापित स्वर्गीय अरुण पौडेल स्मृति अक्षयकोषबाट शिक्षा पत्रकारिता पुरस्कार दिइएको हो ।

विद्यालयको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजित मूल समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अक्षयकोषका संरक्षक गीता पौडेलले शर्मा र कंडेललाई पुरस्कार प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?