+
+

कोरोना भाइरसको त्रास : महासंघले बनायो सचेतना समिति

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १०:०२

२ चैत, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले त कोरोनाबाट कसरी जोगिने भन्ने विषयमा सचेतनामूलक कार्यक्रमहरु गर्नका लागि समिति गठन गरेको छ । महासंघले उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण निजी क्षेत्र धरायसी बन्ने खतरा भएको भन्दै महासंघको बैठकमा छलफल भएको थियो । बैठकले कोरोना भाइरसबाट जोगिनका लागि सर्वप्रथम सचेतना आवश्यक रहेको भन्दै उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति बनाएको हो ।

श्रेष्ठलाई संयोजक तोकेर महासंघले सदस्य चयन गर्ने अधिकार पनि उनैलाई दिएको छ । ‘शुक्रबार पनि यस विषयमा छलफल भयो, आज पनि छलफल भयो’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पहिलो कुरा कसरी बच्ने भन्ने नै आयो, यसका विषयमा अध्ययन तथा आवश्यक काम गर्न मलाई जिम्मेवारी दिनु भएको छ ।’

उपाध्यक्ष श्रेष्ठले आजभोलिमै २ सदस्य थपेर ३ सदस्यीय समिति बनाउने र काम शुरु गर्ने जानकारी दिए । उनका अनुसार समितिले कोरोना भाइरसका कारण उद्योग-व्यवसाय कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा आवश्यक अध्ययन जनचेतना जगाउने किसिमको कामहरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?