+
+

स्वास्थ्य उपकरण खरिद विवादबारे ओली र प्रचण्डबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १९:५५

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा स्वास्थ्य उपकरण खरिदबारे छलफल भएको थियो ।

महंगोमा खरिद भएर भ्रष्टाचार भएको भन्दै सरकारको चर्को आलोचना भएको भन्दै प्रचण्डले यसबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले भने केही महंगो परेको हुनसक्ने तर भ्रष्टाचार नभएको दाबी गरेको स्रोतले बताएको छ ।

यस्तै गाउँका गरिब, किसानहरुलाई पनि सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याउनुपर्ने र धार्चुलालगायत भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुको उद्दारबारे छलफल भएको छ । नेपाली नागरिकहरुलाई उद्दार गरेर नेपाली भूमिमा क्वारेन्टाइन बनाएर राख्नुपर्ने नेकपा अध्यक्ष प्रचण्डको जोड थियो ।

तर प्रधानमन्त्री ओलीले सीमाबाट आवतजावत खुला गर्न नसकिने बताएका छन् । यसरी ल्याउने हो भने लकडाउन गर्नुको अर्थ नहुने भन्दै उनले दुई देशबीच भएको सहमतिअनुसार जहाँ छन्, त्यहाँकै सरकारले व्यवस्थापन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?