+
+

डोटीमा क्वारेन्टाइनमा बसेका सवैको रिर्पोट नेगेटिभ

रामहरि ओझा रामहरि ओझा
२०७७ वैशाख १ गते १९:०३

१ वैशाख, डोटी । डोटी जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका तीन सय ३० जनामा गरिएको कोरोना भाइरस (कोभिड १९) को परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

परीक्षणअनुसार क्वारेण्टाइनमा बसेका सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणबाट सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएका छ,’ मलासीले भने, ‘यो हाम्रा लागि खुशीको कुरा हो ।’

चैत ११ गतेयता जिल्ला बाहिरबाट आई क्वारेन्टाइनमा बसेका ३०५ जना, क्वारेन्टाइनको सुरक्षामा खटिएका ११ जना सुरक्षाकर्मी, खाना पकाउन खटिएका ३ जना व्यक्ति, जनप्रतिनिधिसहित अन्य ११ जना गरी ३३० जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

मलासीकाअनुसार हालसम्म जिल्लामा दुई सय ७१ जनाको र्‍यापिड डाईग्नोष्टिक टेस्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । ‘जिल्लाका विभिन्न स्थानमा २५ महिला र दुई सय ४६ पुरुषको र्‍यापिड टेस्ट गरेका थियौं,’ मलासीले भने, ‘सवैको नजिता नेगेटिभ आएको छ ।’ र्‍यापिड टेस्ट गरिएका केही व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिएको र केही होम क्वारेन्टाइनमा रहेको उनले बताए ।

यस्तै जिल्ला अस्पताल डोटीले आइसोलेसनमा रहेका ६ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा पाँच जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय डोटीका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सूर्य बिष्टले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका सवैलाई घर पठाइ सकिएको बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?