+
+

नर्सिङ : सर्मपण र सेवा–भावको कर्म

डा. वालकृष्ण शाह डा. वालकृष्ण शाह
२०७७ वैशाख ३० गते ६:२९

सामान्य धार्मिक विवादबाट उत्पन्न क्रीमिया युद्धले कतिको ज्यान लियो, कतिलाई अंगभंग बनाइदियो । असह्य पीडाले छटपटाइरहेका सैयौं घाइतेहरुको उपचारमा खाटाइयो, फ्लोरेन्स नाइटिंगेललाई । त्यसबेलासम्म घाइते एवं रोगीको सेवा गर्नुपर्ने यो पेशालाई निम्न कोटीमा राखिन्थ्यो र हेयको दृष्टिले हेरिन्थ्यो ।

फ्लोरेन्स नाइटिंगेलले भने आफ्नो पेशालाई ठूलो सम्मान दिइन् । उनी घइतेहरुको उपचारमा रातदिन खटिइन् । भनिन्छ, त्यस बखत उनी राती–राती बत्ती बालेर घाइतेहरुको स्यहारसुसार गरिरहेका हुन्थे । उनको यो सर्मपण, लगाव र मानवताले दुनियालाई पगाल्यो । देख्नेहरुले उनको उपमा राखिदिए, द लेडी विथ द ल्याप । फ्लोरेन्स नाइटिंगेलको यही कर्मले उनलाई मात्र होइन, समग्र नर्सिङ पेशालाई सम्मानित र गरिमामय बनाइदियो ।

अहिले हाम्रो सन्दर्भमा हेर्ने हो भने नर्सिङ पेशा निकै आकर्षित मानिन्छ । नर्सिङमा नेपाली युवतीहरुको क्रेज लोभलाग्दो छ । भलै यस पेशालाई कतिले केवल जागिरको रुपमा लिएका होलान् । कतिले सेवा र सर्मपणको रुपमा ।

डा. वालकृष्ण शाह

नेपालको इतिहास

नेपालमा नर्सिङ अध्ययनको गजब इतिहास छ । बि.स. १९४७ मा वीर अस्पताल स्थापना भयो । वीरमा डा. आशानाथले सेवा शुरु गर्नु भयो । ओपिडी सेवा मात्र होइन बिमारी भर्नाका लागि १५ शैया पनि राखियो । तर, भर्ना भएको बिमारीलाई सेवा दिने नर्स थिएनन् ।

त्यसपछि नर्सिङ सेवाको आवश्यक्ता महसुष गरेर ४ जना युवतीलाई १८ महिने नर्सिङ तालिम दिलाइने भयो । यसका लागि बि.स. १९५८ मा राणा सरकारले उनीहरुलाई भारत पठाए । उनीहरु फर्केर आएर नर्सिङ सेवामा लागे । यसरी नेपालको चिकित्सा क्षेत्रमा नर्सिङ सेवाको सुरु भयो ।

अहिले नर्सिङ शिक्षाका लागि भारत गइरहनुपर्ने अवस्था छैन । न त नर्सिङ क्षेत्रका जनशक्तिको अभाव नै । यो सेवा र भूमिका निकै ठुलो परिर्वतन आएको छ ।

नेपालमा नर्सिङ शिक्षामा स्नातकोत्तरसम्मको अध्ययन भइरहेको छ । यसरी नर्सिङ अध्ययन गर्नेहरु देशभरकै अस्पताल वा सेवा क्षेत्रमा खटिएका छन् । त्यती मात्र होइन, विश्वका थुप्रै मुलुकमा पुगेर सेवा गरिरहेका तथा राम्रो आयआर्जन लिइरहेका छन् ।

अनेक भूमिकामा नर्स

नर्सको भूमिका अहिले अस्पतालमा भर्ना भएका विमारीहरुलाई औषधि खुवाउने, खोप दिने तथा बेला–बेलामा रक्तचाप नाप्नेमा मात्र सिमित छैन । बिमारीलाई औषधिमुलोसँगै सम्पुर्ण स्यहार गर्ने, रोगका बारेमा बताउने, परामर्श दिने र रोगीको आत्मविश्वास बढाउने जस्ता काममा समेत उनीहरुको अग्रसता देखिन्छ ।

रोगीलाई बाँच्नुपर्छ भन्दै हौसला दिने तथा रात र दिन नभनी उनीहरुको निगरानी गर्ने जिम्मेवारी वहन गरिरहेका छन् । वार्डको सम्पुर्ण वातावरणको व्यवस्थापन गर्ने जिम्मेवारी पनि नर्सको नै रहेको हुन्छ । यो कामलाई राम्ररी सञ्चालन गर्ने, गराउने र निगरानी राख्ने काम पनि उनीहरुले गर्नुपर्ने हुन्छ । जुनसुकै शल्यक्रियामा सहयोग गर्नु, प्रसव गराउनु, बच्चालाई दुध खुवाउन मद्दत गर्नु जस्ता अनगिन्ति कामहरु जिम्मेवारीका साथ वहन गर्नुपर्ने हुन्छ । कुशल नर्स आफैमा एक चिकित्सक, प्रशासक, बिमारी, बिमारीका आफ्न्त र शिक्षिकाका रुपमा देखिने हुन्छन् ।

स्वास्थ्य सेवाको कुरा गर्दा नर्स बिनाको सेवाको कल्पना गर्न सकिदैन । नेपालमा मात्र होईन संसारका हरेक मुलुकहरुमा नर्सको उति नै महत्व रहेको पाईन्छ । नेपालमा भारतबाट नर्सिङ्ग अध्ययन गर्न पठाएको अनि पछि बिर अस्पतालको परिसरमा बि.स.१९९८ मा सिभिल मेडिकल स्कुलको स्थापना जसले ड्रेसिङ्ग र अन्य अस्पतालका कामका लागि तयार गरेका कम्पाउण्डर बाट शुरु भएको नर्सिङ्ग शिक्षा शुरु गरेको ईतिहास छ यद्दपि नर्सिङ्ग शिक्षा अहिले आधुनिक र धेरै नै परिमार्जित छ ।

आज नर्सिङ शिक्षा, सेवा र भूमिका निकै ठुलो परिर्वतन आएको छ । नर्स र मिडवाईफको अन्तर्राष्ट्रिय बर्ष २०२० भनेर यो बर्ष नै विश्व स्वास्थ्य संघले नर्सिङलाई सम्मान गरेको छ।

लेखक मोरङ सहकारी अस्पतालका प्रसूती तथा स्त्रीरोग विशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?