+
+

कविता : कहरमा बाँचेको जिन्दगी

नदिया नदिया
२०७७ वैशाख ३० गते २०:३०

ठेलामठेल, हल्ला र भागदौडको भिड,
कहिल्यै नसुत्ने यो ब्यस्त सहर
कोरोनाको आक्रान्तले चुपचाप छ अचेल
गगनचुम्बी कंक्रिटको सुनसान यो सहर
क्रुर कोरोनाको बिगबिगीमा
बाह्य पदचाप सुनिँदैन आजभोलि
चार दिवारभित्र बन्दी जीवन बाँच्न विवश छ
फगत बॉचेको नौटंकी गर्दै
पलपल मर्नुपर्ने
यो कहरको जिन्दगी !
बाहिर कोरोनाको भय,
भित्र अनेक छटपटी र चिन्ता
अनगिन्ती दिन,महिना कुर्दै
अनिश्चित भविष्य बोकेर
बाँच्नैपर्ने जिन्दगी
भोलि उदाउने सुन्दर बिहानीको आशामा !
हिड्दै गर्दा एकाएक रोकिएका पाइलाहरुले
थाह छैन फेरि फेरि
आफ्नो गन्त्व्य भेट्ने हो या होइन
त्यसैले,
बॉकी जिन्दगी कहरमै सही
सुरक्षित बाँचौं,
स्वस्थ बाँचौं,
घरभित्रै बसेर बाँचौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?