Comments Add Comment

रोल्पामा पनि भेटिए कोरोना संक्रमित

२५ जेठ, बुटवल । प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना भाइरसकाे संक्रमण फैलिएको छ ।आइतबार रोल्पाका तीन जनामा पहिलो पटक कोरोना संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्लामा संक्रमण फैलिएको हो ।

आइतबार प्रदेश ५ मा २ महिलासहित ३६ जना नयाँ संक्रमित थपिएका छन् । कपिलवस्तुमा मात्रै २४ जना थपिएका छन् । कपिलवस्तुमा एक जना महिला र २३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । बाँकेमा ३ जना पुरुष, दाङमा २ जना पुरुष, बर्दियामा एक पुरुष, नवलपरासीमा एक महिला र एक पुरुष तथा प्युठानमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएकासहित प्रदेश ५ मा कोरोना संक्रमित हुनेहरुको संख्या एक हजार ९७ पुगेको छ । जसमध्ये महिला ७२ जना र पुरुष १०२५ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जिल्लागतरुपमा कपिलवस्तुमा सबैभन्दा धेरै ५ सय ४७ जना, बाँकेमा २ सय ७०, रुपन्देहीमा ११२, दाङमा ७६, बर्दियामा ४२, नवलपरासी पश्चिममा २१, पाल्पामा ८, गुल्मीमा ६, अर्घाखाँचीमा ५, प्युठानमा ४, रोल्पामा ३ र रुकुम पूर्वमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

प्रदेश ५ मा कोरोना संक्रमित १ सय २६ जना निको भएर घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ । प्रदेश ५ का करिब ५ हजार जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश ५ का १२ जिल्लाका क्वारेन्टिनमा ३८ हजार ६ सय ७३ जना बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment