+
+

साझा यातायातलाई सेवा थाल्न समय लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १७:५७

२६ असार, काठमाडौं । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । तर साझा यातायातले तुरुन्तै सेवा थाल्न नसकिने बताएको छ ।

बस चलाउनेबारे छलफल सुरु भएको तर मिति तोक्न बाँकी रहेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार सेवा सुरु गर्नुअघि कर्मचारीलाई बोलाउनुपर्छ । केही कर्मचारी उपत्यकाबाहिर रहेकाले साझालाई सेवा थालिहाल्न समस्या भएको छ ।

३ महिना थन्किएका धेरैजसो बस मर्मत गर्नुपर्ने उनले बताए । ‘सरकारले तोकेको मापदण्डअनुसार व्यवस्थापनको काम पनि गर्नुपर्नेछ,’ पाण्डेयले भने, ‘सबै तयारी सकेर सुरक्षित रूपमा बस चलाउँछौं ।’

बसलाई सुरक्षित बनाउने सामग्रीको व्यवस्थादेखि चालक सहचालकलाई पनि प्रशिक्षित गर्नुपर्छ । बसभित्र यात्रु बस्ने सिटमा चिह्न लगाउनेलगायतका काम गर्नुपर्ने  पाण्डेयले बताए ।

हाल साझाले करिब ७० वटा बस काठमाडौं उपत्यकाभित्रका विभिन्न रुटमा चलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?