Comments Add Comment

बिफिनले मनायो दोस्रो वार्षिकोत्सव, जर्नल अफ बैंकिङ फाइनान्स एण्ड इन्स्यारेन्स विमोचन

२९ साउन, काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) तेस्रो बर्षमा प्रबेश गरेकोे छ । उक्त अवसरमा जुम मार्फत जर्नल अफ बैंकिङ फाइनान्स एण्ड इन्स्यारेसको विमोचन गरीएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी रहनु भएको थियो भने बिशेष अतिथिको रुपमा बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले जर्नल अफ बैंकिङ फाइनान्स एण्ड इन्स्यारेस को विमोचन गरे । तत्पश्चात आफ्नो मन्तव्य राख्नु हुदै हाल नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा समावेशीकरण, भुक्तानी प्रणालीको सुदृढीकरण, बैंक तथा वित्तीय संस्थाको एक आपसमा एकिकरण गर्ने र यस महामारीको परिस्थितीमा प्रबिधिको प्रयोग बाट बैंक संचालन गराउने बिषयहरुमा तालीम कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेकोे बताए । बैंक तथा वित्तीय संस्थाका जनशक्तिलाई सिपमुलक कार्यक्रम संचालन गर्नमा बिफिन सफल हुनेमा विश्वस्त व्यक्त गर्दै छोटो अबधिमा उल्लेखनिय प्रगती गरेकोमा सराह्रना गर्दे भबिष्यमा ग्लोबल इन्टिच्यूट को रुपमा स्थापित हुन सफल भई राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा कार्यक्रमहरु नेपालमा संचालन गर्न सफल रहोस भनि शुभकामना समेत व्यक्त गरे ।

उक्त समारोहको बिशेष अतिथिको रुपमा रहनु भएका बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमानले बिफिनले छोटो अबधिमा उत्कृष्ट कार्य गरेकोमा सराह्रना गरे । अहिले बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण बाट बिश्वको अर्थतन्त्र नै अस्तव्यस्त अवस्थामा रहेको भए पनि यसले नयाँ अवसरहरु समेत सृजना हुने हुदाँ ति अवसरहरु पत्ता लगाई काम गर्न सकेमा मात्र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सकिने बताए । साथै, उनले सबै राष्ट्रहरुले अबमा दिनमा जनशक्ति विकास गर्नुपर्ने, जनशक्ति विकासका लागि लगानी गर्नुपने, भैरहेको जनशक्तिलाई प्रबिधिमैत्री बनाउनुपर्ने, ग्रीन फाइनान्सिङ्ग लाई प्रबद्र्धन गर्नुपर्ने, वातावरण लाई प्रदुषित गर्ने खालका परियोजनाहरुमा लगानी नियन्त्रण गर्नुपर्ने र प्रबिधिको विकासको माध्यमबाट सरकारी संयन्त्रहरु संचालन गर्नुपर्नेमा समेत जोड दिए ।

यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहनुभएका नेपाल धितोपत्र बोर्ड का अध्यक्ष भिष्म राज ढुङ्गानाले धितोपत्र बजारका लागि वित्तीय साक्षरता अत्यन्तै आवश्यक भएको हुदाँ बिफिनले समन्वयात्मक रुपमा धितोपत्र बजारको सुदृढीकरण गर्नमा अहम भुमिका निर्वाह गर्ने धारणा राख्दै आगामी दिनहरु सफल रहोस भनि शुभकामना व्यक्त गरे । यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहनुभएका बीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाईले बिफिनले छोटो अबधिमा गरेको प्रगतीको सराह्रना गर्दै बीमा क्षेत्रमा आवश्यक देखिएको वित्तीय साक्षरता कार्यक्रम बीमा क्षेत्रको जनशक्ति विकासको लागि स्थापना भएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल संग सहकार्य गरि बीमा क्षेत्रको विकासमा समेत योगदान पु¥याउने कुरामा बिफिन सफल रहोस भनि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बक्ताको रुपमा रहनुभएका सि.पि.एस.सी, फिलिपिन्सका महानिर्देशक डा. रामहरि लामिछानेले जनशक्ति विकास नै संस्थाको लागि अत्यन्त महत्वपुर्ण भएको हुदाँ तालीम तथा सिप अभिवृद्धि कार्यक्रम संचालन गरि संस्थाको लक्ष्य प्राप्ती गर्नमा कर्मचारीलाई उत्तरदायी बनाउने काममा बिफिनले सहयोग पु¥याएको हुदाँ हाल सम्म गरेको कार्यहरुको प्रशंसा गर्दै भविष्यमा समेत सफल हुनेमा विश्वास व्यक्त गरे । बिफिन र सि.पि.एस.सी बिच आपसी समझदारी भए पश्चात संयुक्त रुपमा बिभिन्न तालीम कार्यक्रमहरु संचालन गरिएको स्मरण गर्दै भबिष्यमा समेत सि.पि.एस.सी ले सहयोग प्रदान गर्ने बचनबद्धता समेत व्यक्त गरे ।

यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहनुभएका बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्टका प्राध्यापक डा. शाह एमडी. हसन हविवले छोटो समयमा नै बिफिनले ख्याती प्राप्त संस्थाहरु संग रणनितीक साझेदारी कायम गरि बिभिन्न कार्यक्रमहरु संचालन गर्नमा सफल भएकोमा खुशी व्यक्त गर्दै भबिष्यमा बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्ट र बिफिन को सहकार्यमा बिभिन्न कार्यक्रमहरु गरिने विश्वास व्यक्त गरे ।

यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहनुभएका नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन कुमार दाहालले नेपालको वित्तीय क्षेत्रमा बिफिनले पु¥याएको योगदानको प्रशंसा गर्दै नेपालको बैंकिङ्ग क्षेत्र सबल रहेको, तरलताको समस्या नरहेको, बिप्रेषणको प्रभाव सन्तोषजनक अवस्थामा नै रहेको र नेपाल राष्ट्र बैंक बाट जारी मौद्रिक नीतिले बैंकिङ्ग क्षेत्र तथा निजी क्षेत्रलाई राहत दिन सकेको धारणा व्यक्त गरे ।

यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहनुभएका एफ. वान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले नेपालको बैंकिङ्ग क्षेत्रमा प्रबिधिको विकास तथा प्रयोग हुदै आइरहेको भएतापनि अझ यसलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यका औल्याउनुभयो । साथै, बिफिनले भबिष्यमा अझै प्रगती गर्दै जाओस भनि शुभकामना समेत व्यक्त गरे ।

यस संस्थाको रणनितीक साझेदारको रुपमा रहेको बिमटेक इण्डिया का सहप्राध्यापक मनोज कुमार पाण्डेयले बिफिनले गरेका कार्यहरुको प्रशंसा गर्दै यस महामारीको समयमा इण्डियाको बीमा कम्पनीहरुले ९० प्रतिशत कार्य नविन प्रबिधिको प्रयोग गरि संचालन गर्न सफल भएको चर्चा गर्दै नेपालका बीमा कम्पनीहरुले पनि बर्तमान परिप्रेक्ष्यमा प्रबिधिको प्रयोग गरि संचालन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सुरुवातमा संस्थाका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले स्वागत मन्तव्य राख्नुहुदै बिफिनले हालसम्म ६५ भन्दा बढी तालीम कार्यक्रमहरु, ५ अन्तराष्ट्रिय सम्मेलन, ४५ प्रकारका कोर्षहरु संचालन गरी १८० संस्थाका २५०० भन्दा बढी कर्मचारीहरुलाई तालीम प्रदान गरिसकेको बताए ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको समयमा उक्त महामारी ले पारेको प्रभावले उत्पन्न परिस्थितीका बिभिन्न बिषयलाई समेट्दै १० वटा भन्दा बढी बेबिनार सम्पन्न गर्न सफल रहेको समेत अवगत गराउनु भयो ।

आफ्नो स्थापनाको छोटो समयमा नै एशिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर एशोसियसन (एप्रका), बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्ट (बि.आई.बि.एम.), कोलम्बो प्लान स्टाफ कलेज (सि.पि.एस.सी), बिरला इन्टिच्यूट अफ म्यानेजमेण्ट टेक्नोलोजी (बिमटेक), केयर रेटिङ्गस् इण्डिया, इन्टिच्यूट अफ इन्क्लुसिभ फाइनान्स एण्ड डेभलपमेण्ट (आई.एन.एम), जवाहरलाल नेहरु इन्टिच्यूट अफ बैकिङ्ग एण्ड फाइनान्स (जे.एन्.आई.बि.एफ), भिक्टोरिया विश्वविद्यालय संग रणनितीक साझेदारी गर्न सफल भएको समेत बताए ।

जनशक्ति कुनै पनि संस्थाको मेरुदण्ड भएको हुदाँ निरन्तर उत्पे्ररणा तथा सिकाइ आवश्यक भैरहने हुदाँ यस महामारी को परिस्थितीलाई ध्यानमा राख्दै अनलाईन मार्फत तालीम कार्यक्रम संचालन गर्ने, कन्सल्टिङ्ग को कार्य गर्ने, अनलाईन लाईब्रेरीको विकास गर्ने, अन्तराष्ट्रिय तालीम प्रदान गर्ने संस्थाहरुसंगको समन्वयमा कोर्षहरु गराउने, बैंक तथा वित्तीय संस्थाका लागि रिक्रुटमेण्टको कार्य गर्ने, वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, शैक्षिक कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको समेत अवगत गराए । नेपालको बैंक तथा वित्तीय क्षेत्रका जनशक्तिको ज्ञान, सिप, सिकाईको क्षेत्रमा निरन्तर कार्य गरि समग्र वित्तीय क्षेत्र बलियो बनाउने लक्ष्य लिइएको समेत जानकारी गराए।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो । बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंककोे रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment