+
+

कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र नर्सलाई कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १३:५७

७ भदौ, पोखरा । पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

तनहुँकी महिलाको मृत्यु  भएपछि आईसीयूमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डा. पदम खड्काले जानकारी दिए ।

‘तनहुँकी मृतक महिलाभन्दा पनि पहिले नै उहाँ अस्पताल आउनुभएको हो । उहाँ पोखराका अन्य अस्पतालसमेत पुगेर हाम्रोमा आएको खुलेको छ,’ डा. खड्काले भने, ‘आईसीयुमा उपचारत महिलालाई पोखरा विज्ञान प्रतिष्ठानमा लैजाने विषयमा कुरा हुँदै छ, नर्सको (आइसोलेसन) व्यवस्था हामीले नै गर्छौं ।’

संक्रमित महिलालाई निमोनियाको समस्या देखिएको र स्वास्थ्यमा सुधार भइरहेको डा. खड्काले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?