+
+

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापी शुरु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ ८ गते १६:२९
प्लाज्मा थेरापीका लागि रक्तदान गर्दै डा. साजन श्रेष्ठ ।

८ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचार शुरु भएको छ ।

अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेकी ७० वर्षकी महिलाको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

ती महिलाका लागि केही दिनअघि कोरोना संक्रमणबाट मुक्त भएका लुम्बिनी प्रादेशिक अस्पताल चिकित्सक डा. साजन श्रेष्ठले सोमबार रगत दिएका छन् । ‘अस्पतालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार शुरु गरेका हौं’–अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘यो विधिबाट संक्रमित निको भए अरु विरामीहरुमा पनि गर्छौं ।’

प्रदेश ५ मा पहिलोपटक शुरु गरिएको प्लाज्मा थेरापीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल, कोरोना फोकल पर्सन थापा, नेपाल चिकित्सक संघ लुम्बिनि प्रादेशिक अस्पताल, पारामेडिक्स र रक्तसचार केन्द्र बुटवलको समेत संयुक्त प्रयास रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउंछन् । यो उपचार विधि सफल हुने नहुने अझै निश्चित भने छैन ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?