+
+

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १६:२७

१६ भदौ, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका हुन् । अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त हुनुभएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?