
२८ भदौ, बुटवल । रुपन्देहीको देवदहमा घोडाहा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदीको मृत्यु भएको हो । बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।
चिदीको शब देबदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ । उक्त खोलामा पुल नहुँदा वर्षायाममा देवदह नगरपालिकाकै शरनटाँडी गाउँमा आवतजावतमा समस्या पर्ने गरेको छ ।
शरनटाँडीका बासिन्दाले वर्षौंदेखि घोडाहा खोलामा पक्की पुल बनाउन माग गर्दै आए पनि तीनै तहका सरकारको ध्यान गएको छैन ।
हरेक चुनावमा उम्मेदवारहरुले पक्की पुलको आश्वासन दिएपनि कसैले पूरा नगर्दा मानवीय क्षतिसंगै भारी वर्षा हुँदा खोला तर्न नसक्दा वर्षायामभरि शरनटांडी गाउँका वासिन्दाले किनमेलका लागि बजार र उपचारका लागि अस्पताल जानबाट समेत बञ्चित हुनुपरेको स्थानीय अगुवा लोकेन्द्र जर्घाले बताए ।
प्रतिक्रिया 4