+
+

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते ११:३८

२८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख १० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको कारण भारतमा एक लाख १० हजार ५८६ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ७३० जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७२ लाख ३९ हजार ३९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६३ हजार ५०९ नयाँ संक्रमित भेटिएका हुन् । अहिलेसम्म ६३ लाख एक हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि कोरोनाबाट सबैभन्दा धेरै संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म ७८ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?