+
+

चितवनमा थप एकजना काेराेना संक्रमितकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १४:११

१९ मंसिर, चितवन । चितवनमा थप एकजना काेराेना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका -४ बस्ने ४९ वर्षीय पुरुषकाे उपचारको क्रममा भरतपुर अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।

अस्पतालकाे काेभिड आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमित ती पुरूषकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साेही दिन काेभिड आईसीयूमा भर्ना गरिएको थियाे ।

कोरोना संक्रमणबाट चितवनमा अहिलस्मम ९६ जनाकाे मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?