+
+

रत्ननगर उद्योग वाणिज्य संघमा नेकपा निकट उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १६:००

१ पुस, चितवन । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघमा नेकपा समर्थित व्यवसायीको संगठनले अधिकांश पदमा जित हात पारेको छ ।

संघको २१ औं साधारणसभा तथा नवौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नेकपाका शंकर गिरी विजयी भएका छन । गिरीले ६०४ मत प्राप्त गरी जित हात पार्दा कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार देवेन्ऽकुमार श्रेष्ठले ५४५ मत पाए ।

बाणिज्यतर्फको उपाध्यक्षमा नेकपा निकटकै भीमनारायण श्रेष्ठ विजयी भएका छन् । उनले ५३७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कविन घिमिरेले ३७७ मत ल्याए । सोही पदका लागि स्वतन्त्र उम्मेदवार देवी डल्लाकोटीले २१३ मत ल्याए ।

यस्तै, उद्योगतर्फको उपाध्यक्षमा पुरु खनाल विजयी भएका छन् । एसोसिएटतर्फ राममणि थपलिया विजयी भएका छन् ।

संघको महासचिवमा निराजन खनाल विजयी भएका छन् । खनालले ६६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माधव पौडेलले ४६० मत ल्याए ।

त्यस्तै कोषाध्यक्षमा उपेन्द्र आचार्य विजयी बने । संघको बस्तुगततर्फको उपाध्यक्षमा कांग्रेस निकट व्यवसायी रघु भट्ट निर्विरोध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?