+
+

अमेरिकामा मोडर्नाको कोरोना खोप कार्यक्रम सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १२:५६

५ पुस, काठमाडौं । अमेरिकामा सोमबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको मोडर्नाले विकास गरेको खोप मानिसहरुलाई लगाउन सुरु हुने भएको छ । अमेरिकाले मोडर्नाको खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिएसँगै सोमबारदेखि यो खोप मानिसहरुलाई लगाउन सुरु गरिने भएको हो । शनिबारदेखि नै मोडर्नाको खोप वितरणको काम सुरु भइसकेको छ । अमेरिकाको तीन हजार सात सय खोप केन्द्रमा यो खोप वितरण गरिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अमेरिकामा गत साताबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप कार्यक्रम सुरु भएको थियो ।

गत शुक्रबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले मोडर्नाको खोपलाई सार्वजनिक प्रयोगको अनुमति दिने निर्णय गरेको थियो । अमेरिकामा सुरुवाती चरणमा मोडर्नाको करिब ६० लाख डोज खोप वितरण हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?