
नायक प्रदिप खड्काले कलाकारले धेरै म्यूजिक भिडियो खेलेर स्टारडम कमजोर हुने कुरालाई अस्विकार गरेका छन् । मिडिया कुराकानीका क्रममा प्रदिपले भने–‘मलाई कलाकारले अभिनय गरेर स्टारडम कमजोर हुन्छ भन्ने कहिल्यै पनि लाग्दैनँ । तर, कुनै कलाकारले व्यक्तिगत जीवनमा गर्ने क्रियाकलाप र गलत काम गरेको अवस्थामा मात्र स्टारडम कमजोर हुन्छ ।’
प्रदिपले लकडाउनपछि आफूलाई पनि म्यूजिक भिडियोको अफर आएको बताए । भने–‘मलाई पनि म्यूजिक भिडियोको अफर नआएको होइन । तर, एक जनाको मात्र भिडियो गरेर हुँदैन । यो क्षेत्रका धेरै जनासँग चिनजान छ । यसैले एक जनाको गरेर अर्काको नगर्दा चित्त नदुखाउन् भनेर मैले व्यवसायिक रुपमा अफर आएका भिडियो गरिनँ ।’
प्रदिपले आफू गीत छान्न पनि कमजोर रहेको बताए । प्रदिपले आफूसँग ३ वटा चलचित्र पाइपलाइनमा रहेको जानकारी दिएका छन् । जसमध्ये, चलचित्र ‘प्रकाश’को छायांकन सबैभन्दा पहिला हुने उनको भनाई छ । यसपछि, हेमराज वीसीको चलचित्रमा काम गर्ने तयारी गरेका प्रदिपले २ वटा चलचित्रको छायांकन सकिएपछि ‘हुतुतु’मा काम गर्ने उल्लेख गरे ।
प्रतिक्रिया 4