+
+

१६ लाख नागरिकले लगाए कोरोना खोप 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १७:१८
फाइल तस्वीर

५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् ।

बिहीबारसम्म १६ लाख ७३ हजार २२७ नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत माघ १४ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो ।

थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार २५४ जनाको नमुना परीक्षण गर्दा १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ६१० जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?