+
+

३ हजार १२५ परीक्षणमा ३०३ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १६:४६

२९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

आइतबारसम्म कोरोनाभाइरसको सक्रिय संक्रमित २ हजार ९६१ जना रहेका छन् । कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?